साक्षर जिल्ला घोषणा भएको ७ बर्ष पछि भेरी र नलगाडमा १८८ बालबालिका बिद्यालय बाहिर

जाजरकोट साक्षर जिल्ला घोषणा भएको ७ बर्ष पुरा भएको छ । १५ देखि ६० बर्ष उमेर समुहका ९५ प्रतिशत नागरिक साक्षर भएपछि २०७२ साल फागुन २८ गते जाजरकोट जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको थियो । तत्कालिन गृहमन्त्री शक्ति बहादुर बस्नेतको प्रमुख आथित्यतामा जाजरकोट जिल्लालाई नेपालकै २४ औं साक्षर जिल्ला घोषणा गरिएको थियो ।

साक्षर जिल्ला घोषणा गर्ने वेलामा राष्ट्रिय तथा मातृ भाषामा पढ्न तथा लेख्न सक्ने, मोबाईल र क्यालकुलेटरका अंक तथा अक्क्षर चिन्न सक्ने, घडी हेरेर समय बताउन सक्ने, भित्ते पात्रो हेरेर तिथिमिति बताउन सक्ने, अधिकार सम्बन्धिका बिषयबस्तुलाई पढन, लेख्न सक्ने भएपछि साक्षर भएको मान्न सकिने मापदण्ड बनाईएको थियो ।

साक्षर जिल्ला घोषणा भएको सात बर्ष पछि जिल्लाको भेरी नगरपालिका र नलगाड नगरपालिकामा १० देखि १४ बर्षसम्मका १८८ जना बालिका बिद्यालय भन्दा बाहिर रहेका छन् । घरको गरिबी, सिजनल बसाई–सराई, बिद्यालय र घरको टाँढा दुरी, कमजोर शिक्षण सिकाई र बुवाको पहिचान नहुनु जस्ता कारणले १८८ जना भेरी र नलगाड नगरपालिकाका बालिका विद्यालय भन्दा बाहिर रहेको बताईएको छ ।

प्रतिकृया दिनुहोस्