नलगाड खेलकुद तथा साँस्कृतिक महोत्सवमा आयोजना गरिएको भलिबल प्रतियोगिताको उपाधी खगेनकोटले जितेको छ । शनिवार सम्पन्न फाइनल खेलमा नबारेकोट गाउँपालिका वडा न ९ को टिम लाई हराउँदै प्रतियोगिताको उपाधी नलगाड ७ खगेनकोटले जितेको छ ।नलगाड खेलकुद तथा साँस्कृतिक महोत्सवको अबसरमा बुधबार देखि
नलगाडमा संचालित खेलमा नलगाड नगरपालिका र बारेकोट गाउँपालिका का जम्मा १८ वटा समुह सहभागि थिए । खेल अन्तर वडा स्तरिय खेलार्ईएको थियो । १८ वटा समुहलाई ४ पोलमा बिभाजन गरी प्रत्येक पोलका बिजेता र उपबिजेता बिच नकाउट सिस्टबाट नलगाड नगरपालिकाका वडा नः ५,७,१२ र बारेकोट गाउँपालिका वडा नः ९को टिम सेमिफाईनलमा प्रवेश गरेका थिए । सेमिफाइनलमा नलगाड ७ ले नलगाड ५ र बारेकोट ९ ले नलगाड १२ लाई हराउँदै फाइनलमा प्रवेश गरेका थिए । फाइनलमा नलगाड ५ ले नलगााड १२ लाइ पछिपार्दै तृतिय स्थान हासिल गरेको थियो भने नलगाड ७ ले बारेकोट ९ लाई हराउदै उपाधी जितेको छ । नलगाड ७ संग निकै प्रतिस्पर्धामा हारेर बारेकोट ९ उपबिजेता बनेको छ ।बिजेतालाई रु ८०००० उपबिजेतालाई रु ६०००० र तृतियलाई रु ४०००० पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । खेलको बेस्ट प्राइज बारेकोटका रुपेन्द्र बिक ले प्राप्त गरेका थिए ।