म फेरी मेसिनगन बोक्छु – मुख्यमन्त्री शाही

कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले सहिदका सपना साकार पार्ने बताएका छन । अहिलेपनि केहि मान्छेहरुले बलिदानलाइलाई नस्वीकारेको भन्दै त्यस्ता मान्छे खराब सोच र परिवर्तन विरोधी भएको उनले बताएका हुन । 
उनले सल्यानको कुमाख गाउँपालिका रागेचौरमा भएको कार्यक्रममा उनले कुनैपनि हालतमा सहिदहरुलाइ अपमान गर्न नदिने बताउदै त्यस्तो परिस्थितीमा आफुले युनिफर्म पनि पहिरिने बताए ।
बोल्दाबोल्दै भावुक बनेका उनले गाउँपालिकाका ५८ जना सहिद परिवारको सम्मान कार्यक्रममा फेरी मेसिनगन बोक्नुपरेपनि बोक्ने प्रतिवद्धता व्यक्त गरेका छन । उनले सहिद परिवार त्यसमा पनि महिला प्रमुख भएको कुमाखमा भएको विकासलाइ उल्लेखनिय रुपमा लिदै सामान्य नठान्न अनुरोध गरेका छन ।  
जनयुद्ध दिवसका अवसरमा फागुण १ गते नै कुमाख पुग्ने लक्ष्य राखेका शाहीले उक्त दिन जिल्लाका अन्य स्थानमा कार्यक्रम राखेकोले कुमाखमा फागुण ४ गते सार्नु परेको बताउदै सहिद परिवार भोको बस्न नपर्ने अवस्थाको श्रृजना गर्नुपर्ने र समस्याको स्थायी समाधान खोज्नुपर्ने बताए । 
कार्यक्रमलाइ कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सहिदका सपना पुरा हुदै गएको भन्दै समाजवाद सम्म पुग्ने सहिदका सपना पुरा गरिने बताए । उनले अवको अभियान समृद्धि र सामाजिक न्यायको अभियान भएकाले यसको मार्गदर्शन सहिदको भएकाले सहिदपरिवारलाई सम्मान गरिएको बताए । 
कार्यक्रममा प्रदेश सरकारका सल्लाहकार भिम प्रकाश शर्मा, जिल्ला समन्वय समिति उपप्रमुख हरि प्रकाश बुढाथोकी लगायतले सम्बोधन गरेका थिए । गाउँपालिका अध्यक्ष दिलमाया बुढाको अध्यक्षतामा भएको कार्यक्रममा सहभागिलाई उपाध्यक्ष डिल्लीराज जैसीले स्वागत गरेका थिए भने प्रमुख प्रशासकिय अधिकृत जगत बहादुर घर्तीले संचालन गरेका थिए । हजारौ स्थानियवासीको सहभागितामा भएको कार्यक्रममा विभिन्न वडाबाट विभिन्न साँस्कृतिक प्रस्तुती राखिएको थियो । 
 

प्रतिकृया दिनुहोस्