विश्व बैंकले नेपालको जलविद्युत क्षेत्रमा भएको प्रगतिलाई संसारमै गर्व गर्न लायक भएको बताएको छ । काठमाडौंमा भएको उर्जा सम्मेलनलाई सम्बोधन गर्दै विश्व बैंकका निर्देशक फरिस एच हदाद जर्भोसले विद्युतीकरणमा नेपालले संसारमै राम्रो प्रगति गरेको बताउनुभएको हो ।
नेपालले सन् २०१८देखि लोडसेडिङ हटाएकोमा खुसी व्यक्त गर्दै उहाँले गुणस्तरीय विद्युतका लागि नेपाल सरकारसँग साझेदारी गर्न पाएकोमा आफूलाई पनि गर्व लागेको बताउनुभयो ।नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको सफल व्यवस्थापनको कारण नेपाल लोडसेडिङमुक्त भएको भन्दै जर्भोसले प्रशंसा गर्नुभयो । लोडसेडिङमा रहेको नेपाललाई घिसिङले नेतृत्व सम्हालेको छोटो समयमा ने लोडसेडिङमुक्त गराउन सफल हुनुभएको थियो । विद्युतको अभाव खपिरहेको प्राधिकरणले अहिले छिमेकी देश भारतलाई विद्युत बेच्ने अवस्थासम्म पुगिसकेको छ ।