विश्वका शक्तिशाली मुलुक कोरोना भाइरस संक्रमणका कारण आक्रान्त बनिरहँदा विश्वका चार मुलुक कोरोनाविरुद्धको लडाइ जित्न सफल भएका छन् । फल्कल्याण्ड आइसल्याण्डसँगै विश्वका चार मुलुक कोरोना संक्रमण मुक्त भएका हुन् ।
अमेरिका, बेलायत, इटाली, स्पेन, फ्रान्स लगायतका शक्तिशाली मुलुकमा कोरोनाको संक्रमण फैलिरहँदा विश्वका फल्कल्याण्ड आइसल्याण्डसँगै, अङगुइल्ला, ग्रीन ल्याण्ड र सेन्ट बार्थ ‘ग्रीन जोन’मा पर्न सफल भएका हुन् ।
फल्कल्याण्ड आइसल्याण्डमा १३ जना कोरोना संक्रमित रहेकोमा सबै जना निको भएर घर फर्किएका छन् । अङगुइल्लामा ३ जनामा कोरोनाभाइरसको संक्रमण देखिएकोमा हाल तीनै जना निको भएर घर फर्किएका छन् ।
अर्को मुलुक ग्रीनल्याण्डमा ११ जनामा कोरोनाको संक्रमण देखिएकोमा सबै उपचार पछि निको भएर घर फर्किएका छन् ।
त्यस्तै सेन्ट बार्थमा ६ जनामा कोरोना देखिएकोमा सबैको सफल उपचार भएको छ ।
कोरोना विरुद्धको औषधी पत्ता नलागिसकेको अवस्थमा यो सबैका लागि सुखद् समाचार पनि हो । कोरोनाविरुद्धको औषधिविना नै यी मुलुकहरुमा कोरोना संक्रमित सबै बिरामीहरु निको भएर घर फर्किएका छन् ।
यसअघि सेन्ट लुसियामा कोरोना संक्रमित १५ जना निको भएर घर फर्किए पनि हाल थप २ जनामा कोरोनाको संक्रमण देखिएको छ । जहाँ हालसम्म कोरोना संक्रमितको संख्या १७ पुगेको छ । २ जनाको उपचार भइरहेको छ ।
कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी आक्रान्त अमेरिका छ । अमेरिकामा हालसम्म ६७ हजार ४४४ जनाले ज्यान गुमाइसकेका छन् भने ११ लाख ६० हजार ७७४ जना कोरोना संक्रमित भएका छन् । जसमध्ये १ लाख ६० हजार ७०५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ९ लाख ३२ हजार ६२५ जना उपचाररत रहेका छन् ।
यस्तै विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ४४ हजार ६०९ पुगेको छ । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका ११ लाख ८ हजार ६५ जना मानिस उपचारपछि निको भइ घर फर्केका छन् । २१ लाख २७ हजार ७९६ जना कोरोना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ५० हजार ८६४ जनाको अवस्था गम्भीर छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ५ हजार १६१ जनाको मृत्यु भएको छ भने ८२ हजार ३७९ जना संक्रमित भएका छन् ।त्यस्तै कोरोना भाइरसले युरोपियन मुलुकहरुमा १४ लाख २४ हजार ३६४ जना संक्रमित छन् । एकै दिन २५ हजार ६७४ जना नयाँ संक्रमित थपिएका छन् ।
यो समाचार तयार पार्दासम्म १ लाख ३९ हजार ४१० जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ५ लाख ३१ हजार ३४८ जना उपचारपछि घर फर्किएका छन् । ७ लाख ५३ हजार ६०६ जना विभिन्न अस्पतालमा उपचाररत छन् । उनीहरुमध्ये १७ हजार ६२६ को अवस्था गम्भीर छ ।
एसियाली देशमा कोरोना संक्रमितको संख्या ५ लाख ४५ हजार ५४४१ पुगेको छ । अहिलेसम्म १९ हजार ३२० ले ज्यान गुमाएका छन् । २ लाख ८४ हजार ६४ जना उपचारपछि फर्किएका छन् । २ लाख ४२ हजार १६० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अहिले ५ हजार ४९८ जनाको अवस्था गम्भीर छ ।
उत्तर अमेरिकी मूलुकहरुमा १२ लाख ५७ हजार ९८७ जना संक्रमित भएका छन् । ७३ हजार ७४५ ले ज्यान गुमाएका छन् । अहिले ९ लाख ८३ हजार ७१ को विभिन्न अस्पतालमा उपचार भइरहेको छ । १७ हजार ७१७ जनाको अवस्था गम्भीर छ । २ लाख १ हजार १७१ जना उपचारपछि घर फर्किएका छन् ।
दक्षिण अमेरिकी मूलुकहरुमा १ लाख ९९ हजार ७५० जनामा संक्रमण देखिएको छ । १० हजार २४३ जनाले ज्यान गुमाएका छन् । ६९ हजार ३९ जना निको भएका छन् भने १ लाख २० हजार ४६८ जना उपचाररत छन् । ९ हजार ८६२ को अवस्था गम्भीर छ ।
अफ्रिकी राष्टमा ४३ हजार ७३४ संक्रमित भएका छन् । १ हजार ७६३ जनाले ज्यान गुमाएका छन् । त्यस्तै अस्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ८ हजार ३७० जना संक्रमित भएका छन् । ११३ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको महामारीले सबैभन्दा धेरै क्षति पुर्याएको अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६७ हजार नाघेको छ ।
अमेरिकामा पछिल्लो २४ घण्टामा आइतबार बिहान समाचार तयार पार्दासम्म १ हजार ६४३ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ६७ हजार ३९६ पुगेको छ । अमेरिकामा एकैदिन २८ हजार ५३४ बढीमा संक्रमण देखिएसँगै संक्रमितको संख्या ११ लाख ५९ हजार ५६४ पुगेको छ ।
अमेरिकामा संक्रमितमध्ये १ लाख ६० जना ७०५ उपचारपछि निको भएका छन् । १६ हजार ४७५ जनाको अवस्था गम्भीर रहेको छ । ९ लाख ३१ हजार ४६३७ जना उपचाररत छन् ।
कोरोना भाइरसको संक्रमणबाट भारतमा एकै दिन थप १ सय जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा कोरोनाका कारण १ सय जनाले ज्यान गुमाएसँगै मृतकको संख्या भारतमा १ हजार ३२३ पुगेको छ ।
भारतमा एकैदिन थप २ हजार ४४२ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३९ हजार ६९९ पुगेको छ । भारतमा संक्रमितमध्ये १० हजार ८१९ जना उपचारपछि निको भएका छन् । २७ हजार ५५७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
सार्क मुलुकमा पनि भारत भन्दा बढी कोरोना प्रभावित मुलुकको रुपमा देखिएको छ । विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित मुलुकको सूचीमा भारत १६ औं नम्बरमा रहेको छ भने एसियाली मुलुकमा भारत चौथो नम्बरमा छ ।
एसियाली मुलुकमा टर्की सबैभन्दा प्रभावित छ । जहाँ ३ हजार ३३६ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी इरानमा ६ हजार ११५ जनाले ज्यान गुमाएका छन् भने चीनमा ४ हजार ६३३ जनाको मृत्यु भएको छ ।ब्