राहत वितरण प्रक्रिया अलमलमा

बारेकोट । अन्य स्थानिय सरकारहरूले दैनिक ज्याला मजदुरीबाट आएको पैसाले घरको चुलोमा आगो बाल्ने घरपरिवारलाई राहतको नाममा चामल दाल लगाएत दैनिक अत्यावश्यक वस्तु वितरण गरि रहेको भएपनि बारेकोटको स्थानिय सरकार अझ सम्म पनि प्रक्रियामा नै अलमलिएको छ । बारेकोट गाउँपालिकाको २०७७।०१।३ गते बसेको कार्यपालिकाको बैठकले लकडाउनले गर्दा गाउँपालिका भित्रका सबै बिकास निर्माणका कामहरु स्थगित भएकोले दैनिक ज्याला मजदुरीबाट आएको पैसाले घरको चुलोमा आगो बाल्ने घरपरिवारलाई स्थानीय उत्पादन मकैं राहत वितरण गर्ने निर्णय गरेको थियो विपद व्यवस्थापन कोष परिचालन निदेर्शिका–२०७६ अनुसार गाउँपालिकाले प्रति घर परिवारलाई पाँच पाथीका दरले स्थानीय मकै उपलब्ध गराउने र गाउँ पालिकाको विपद ब्यवस्थापन कोषबाट खाद्यन्न ब्यवस्थापनका लागी प्रत्येक वडामा डेढ लाखका दरले रकम उपलब्ध गराउने र सम्बन्धित वडाले मकै किनेर विपन्न तथा ज्यालादारी गर्दै आएका श्रमिकलाई पाँच जना सम्मको घर परिवारलाई पाँच पाथी मकै, आधा लिटर तेल र एक केजी नुन उपलब्ध गराउने निर्णय भएको थियो । तर अहिले सम्म बिपन्न परिबारले राहत पाएका छैनन् । गाउँपालिकाले एक पाथि मकैको मुल्य रू ५० कायम गरेको र स्थानिय किसानले उत्पादन गरेको मकैको मुल्य रू ६० भन्दा तल नदिएपछी राहत बितरणको काम अलमलमा परेको वडा नः ४ का सचिव डम्वर बहादुर पुनले बताए ।

कोरोना भाईरस कोभिड १९ को संक्रमण वढे सगै सरकारले अघिल्लो महिना देखि देश भरी लक डाउन गरेको छ । लक डाउन भएसँगै मजदुरहरुलाई हात मुख जोड्न समस्या हुदै गएको छ । लक डाउनको समयमा भोक भोकै रहेका नागरिकलाई भोकबाट जोगाउने सरकारको दायित्व हो। सरकार संचालनको जिम्मेवारी लिन जनताबाट निर्वाचित भएका स्थानीय तहका जनप्रतिनीधिले जनताले राखेका अपेक्षा पुरा गर्न सकिरहेका छैनन् गरिबी र बेरोजगारी हटाउन, अशिक्षा र सामाजिक विभेदहरुको अन्तय गर्न, पालिकाको बिकास र समृद्धीको लागि गाउँ सरकारको नारा दिएर चुनाव लडेका जनप्रतिनीधिहहरुले पालिकाको चुनाव त जित्न सफल भए तर, जनतालाई परिवर्तनको अनुभुति दिलाउन नसकेको गुनासाहरु आउन थालेका छन् । बारेकोटी जनताले राखेको अपेक्षा अनुसार पालिकाले कामको गति दिन नसकेको बारेकोटबासीले बताउन थालेका छन् । पालिकाले गर्नुपर्ने कामको ढिला ढालापनले आर्जित भएका बारेकोटबासीले जनप्रतिनिधिबाट गरेको अपेक्षा अनुरुप कार्य हुन नसकेको भन्दै आक्रोस व्यक्त गर्न थालेका छन् ।

प्रतिकृया दिनुहोस्