जनप्रतिनिधिलाई राजिनामा दिन युवाहरुको धम्कि, वडा कार्यालय तोडफोड

 

वारेकोट । वारेकोट गाउँपालिका वडा नं ४ का जनाप्रतिनिधी लाइ करीव ६० जनाको संख्यामा आएका युवाहरूको समुहले मंगलबार   राति १० वजे सम्म कार्यालयमा थुनेर राजिनामा दिन धम्कीदिदै गालिवेइजती गरेका छन् । माध्यामिक विद्यालय   नभएका वडामा विद्यालय स्थापना गर्न गाउपालिकाको निर्णय अनुसार  बारेकोट गाऊपालिका शिक्षा युवा तथा खेलकुद शाखाले सर्वपक्षिय सरोकारवालाहरू संग छलफलगरी माध्यामिक तह संचालनगर्न विद्यालय छनौटगरी सहमति पत्र पठाउन भनि पत्राचार गरे अनुसार वडा कार्यालयले पटकपटक सरोकारवालाहरूको वैठक वसाली सहमति जुटाउन प्रयास गर्दै गरिरहेको र मंगलबार पनि सर्वपक्षिय वैठक वसि रहेको अवस्थामा वडा नः ४ रावत टोलका युवाहरूको समुहले ढोका थुनेर नानाथरी गालिवेइजती गर्दै आफ्नो टोलमा संचालित विद्यालयमै मा.विको सहमति नदिए हातखुट्टा भाच्ने धम्कि दिएको वडा अध्यक्ष सिर्जना बस्नेतले बताईन ।उनले राति १० बजे सम्म घेरा हालेर बाहिर निस्कन नदियपछि उनिहरुले भने अनुसार निर्णय गर्ने कागज गर्न बाध्य भयको जानकारि दिईन। कार्यालय घेराउ गर्न आएका उनिहरुले कार्यालय तोडफोड गरेको उनको भनाई छ।

प्रतिकृया दिनुहोस्