बारेकोट गाउँपालिकालाइ कोरोना प्रतिराेधात्मक सामाग्री हस्तान्त्रण

आइडिएस नेपाल जाजरकोटका सहजकर्ता राजेन्द्र शाहीले बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाहलाइ आइतवार १२ दर्जन सावुन हस्तान्तरण गरेका हुन्।
विश्व खाध्यको आर्थिक सहयोग र आइडिएस नेपाल जाजरकोटको सामाजिक सहजीकरणमा उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।
आइडिएस नेपाल जाजरकोटले क्वारेन्टाइनमा रहेकाहरूका लागि गाउँपालिकालाई हस्तारन्तरण गरेको कोरोना भाइरस प्रतिरोधात्मक स्वास्थ्य सामाग्रीलाई गाउँपालिकाले प्रत्यक क्वारेन्टाइनमा रहेका मानिसलाइ बितरण गर्ने अध्यक्ष शाहले विश्वास दिलाएका छन् ।

प्रतिकृया दिनुहोस्